arrow

नबिल बैङ्कका सीईओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
gyanendra-dhungana-CEO-nabil-bank.jpg

काठमाडौँ। नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुङ्गाना लामो समयदेखि बैङ्किङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्। बैङ्किङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बङ्गलादेश बैङ्कमा १० वर्ष सिइओ भएका थिए।

त्यसअघि  उनी नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कका महाप्रबन्धक थिए। राष्ट्र बैङ्कको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैङ्कमा काम गर्न आएका थिए। भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ