arrow

प्रचण्ड, देउवा र सभामुख बालकोटमा, छलफल जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
prachanda-deuba-walking.jpg

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा छलफल भइरहेको छ । 

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गरिरहेका छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष ओलीकै निवासमा छलफल गरेका हुन् । साथमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र तीन प्रमुख दलका सचेतकहरु पनि छलफलमा सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ