arrow

रविका चालकको स्वास्थ्य सुधारोन्मुख, सहानुभूतिको सट्टा नूनचुक बोकेर नआउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
rabi-lamichhane.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । लामिछानेका चालक थापा तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा छन् ।

भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए । उक्त विषयमा प्रहरीले अनुसन्धान जारी शुरु गरेको र थापा खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । 

सोही विषयलाई लिएर सोमबार दिउँसो सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् । साथै उनले यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नूनचुक बोकेर नआउन पनि आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेले लेखेका छन् – 
आज बिहान  प्रिय शम्भु भाइ (मेरो गाडी चालक)  छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमसी (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसँग  परामर्श गरेअनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ ।  म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नून चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्नु होला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ