- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय चलचित्र निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्णा भट्ट विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । के सेरा सेरा प्रोडक्सनले विक्रम भट्ट र उनकी छोरीले २.२४ करोड नेपाली रुपैयाँ ठगी गरेको आरोप लगाएको छ ।
मार्च २०२२ मा के सेरा सेरा बक्स अफिस प्रोडक्सन प्रालि र विक्रम भट्ट स्टुडियोबीच सम्झौता भएको थियो। सो सम्झौताअनुसार दुवैको संयुक्त आयोजनाबाट हुने नाफा दुवैबीच बाँडफाँड हुने व्यवस्था थियो ।
विक्रम र कृष्णले संयुक्त निर्माणको बदलामा १.४० करोड भारुको कट दिने वाचा गरेको निर्माण कम्पनीले दाबी गरेको छ तर पछि आफ्नो वचनबाट पछि हटेको छ ।
यस आयोजनामा कम्पनीले करिब १ करोड ३९ लाख ३० हजार ९९९ भारतीय रुपैयाँ लगानी गरेको थियो । भट्टका वकिलले उक्त मुद्दालाई उच्च अदालतमा चुनौती दिने बताएका छन् ।