arrow

लगातार तेस्रो दिन सुनको भाउ एउटै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
gold-silver-final.jpg

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि नै एउटै भाउमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ