arrow

चिनियाँ कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
fire-final_1618024271.jpeg
तस्बिर – सांकेतिक ।

हाङझाउ । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो २ः०४ बजे आगलागी हुँदा मानिसहरू त्यहाँ फसेको र आगलागीमा परेको बताइएको छ। 

दुई राउण्ड खोजी र उद्धारपछि मङ्गलबार बिहान करिब ४ बजे मृत्यु हुनेको पुष्टि भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ