arrow

नबिल बैङ्कको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
nabil-logo-2079.png
तस्बिर : फाइल

काठमाडौँ। नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना ल्याएको छ। नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो।

सामसङले नबिल बैङ्कसँगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो। सामसङ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो। यी दुवै मोडलहरूमा आश्चर्यजनक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइनहरू एवं विविध रङ्गहरूमा उपलब्ध छन्। नबिलको कार्डका लागि देशका २५३ शाखाहरूमध्ये कुनै पनि शाखाबाट अथवा एन बैङ्कबाट लिन सकिनेछ।
यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ