arrow

प्रहरी निरीक्षकले नै मोटरसाइकल चोरेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
sasastra-prahari-nirikchak-bike-chori.jpg

काठमाडौं । सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मोटरसाइकल चोरीको आरोपमा नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् । मोटरसाइकल चोरीको आरोपमा सशस्त्र प्रहरी निरीक्षक अंगद खड्कालाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि त्यसलाई बाहिर सार्वजनिक गरिएको छैन । 

मलंगवा नगरपालीका वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएर स्थानीयले सर्लाही प्रहरीको जिम्मा लगाएको भए पनि सर्लाही प्रहरीले त्यसलाई ढाकछोप गरिरहेको छ ।

गत फागुन १२ गते सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ शिवसागर चौकमा रहेको नुतन आयल स्टोरबाट प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । 

रोबिन नामको एक जना सशस्त्र प्रहरी जवानसहित सशस्त्र प्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल राख्न पुगेपछि  सवारी धनीले आफ्नो मोटरसाइकल चिनेर सशस्त्र प्रहरी निरीक्षक खड्कालाई मोटरसाइकलको विषयमा सोधखोज गरेर प्रहरीलाई जिम्मा लगाएका थिए ।  

सवारी धनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेल हुन् । पटेल नुतनआयल स्टोरमाकार्यरत कर्मचारी हुन् । मोटरसाइकल चोरी भएको भोलिपल्ट नै खोजी कार्यको लागि जिल्ला प्रहरी सर्लाहीमा निवेदनसमेत दर्ता गराइएको थियो ।  

आफ्नो मोटरसाइकल देखेपछि पटेल सवारी साधनको कागजपत्रसित मिलाउँदा इन्जिन र चेचिस नम्बरसमेत मिलेपछि आफ्नो चोरी भएको गाडीमा सरकारी नम्बर प्लेट किन लगाएको भनी सशस्त्र प्रहरी निरीक्षकसँग प्रश्न सोधेको स्रोतको दाबी छ । 

पटेलले आफ्नो गाडी भएको र त्यसमा सरकारी नम्बर प्लेट चढाएकोमा प्रश्न गरेपछि सप्रनी खड्का गाडी छाडेर भाग्ने प्रयास गरेपछि स्थानीयले खड्कालाई नुतन आयल स्टोरबाटै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरी जिम्मा लगाएको स्रोतको दाबी छ ।  

खड्काले मोटरसाइकल राजस्व कार्यालयमा बुझाउन जाँदा तेल सकिएपछि हाल्ने क्रममा आफूलाई नियन्त्रणमा लिइएको बताए । आफू प्रहरी भएको बताउनुअघि नै उनीमाथि दुर्व्यवहार भएको उनले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ