arrow

किमले दिए जासुसी उपग्रह प्रक्षेपण गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
kcna-northkorea-missile-kim-jong-un.PNG

काठमाडौं ।  उत्तर कोरियाले आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी थालेको छ । नेता किम जोङ उनले उपग्रह प्रक्षेपणका लागि अधिकारीहरूलाई निर्देशन दिएपछि उत्तर कोरियाले  जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी थालेको हो ।

मंगलबार किमले राष्ट्रिय अन्तरिक्ष विकास एजेन्सीको भ्रमण गरेका छन् । भ्रमणमा किमले योजना अनुसार जासुसी उपग्रह प्रक्षेपण गर्न निर्देशन दिएको उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले उल्लेख गरेको छ । 

उत्तर कोरियाले गत वर्ष डिसेम्बरमा नै जासुसी उपग्रहको महत्त्वपूर्ण र अन्तिम परीक्षण गरेको थियो र यसै वर्षको अप्रिलमा अर्थात् २०२३ मा प्रक्षेपण गर्ने निर्णय गरेको थियो ।

देशको सैन्य क्षमता वृद्धिसँगै अमेरिका र दक्षिण कोरियाबाट आउने खतरासँग जुध्न उत्तर कोरियाको यो भूउपग्रह निकै महत्त्वपूर्ण मानिएको छ । भ्रमणमा किमले देशको निगरानी क्षमता बढाउन त्यस्ता भूउपग्रह सञ्चालन गर्नु अत्यन्तै जरुरी रहेको बताएका छन् ।

यसअघि गत वर्षको डिसेम्बरमा उत्तर कोरियाले दुईवटा मध्यम दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ