arrow

भारतले चीनलाई उछिन्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
india-flag.jpeg

भारत ।  भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । 

युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड  ५७ लाख रहेको उल्लेख गरिएको छ । 

युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ । 

सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ