arrow

आमाको मुख हेर्ने दिन सुन्नैपर्ने जेबी बिष्टको गीत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
jb-bista-singer.jpg

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व बैशाख ७ गते अर्थात् बिहीबार जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । 

बैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमासमेत मनाउँछन् । सो दिन परदेशमा गएका छोराछोरीले आमाबाबुले गरेको त्याग र योगदानलाई कसैले कहिले पनि नभुलुन् भन्ने सन्देश सहितको गायक जेबी बिष्टले गाएको  ‘सबै कुरा भूल तिमी आमाबुवा कहिले नभुल’ बोलको गीत निकै लोकप्रिय छ ।

बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक सो गीतको भिडियो बजारमा उपलब्ध छ । गीतमा स्वयं गायक विष्टकै शब्द संगीत रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ । 

देशविदेशका रमणीय ठाउँहरुमा छायांकन भएको उक्त भिडियोलाई सिनेम्याटोग्राफर  रुपक पौडेलले खिचेका र सम्पादन गरेका छन् भने कन्सेप्ट देदिप्य रिमालको रहेको छ । 

निर्देशक पुस्कर अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोमा रुपा पौडेल, जयराम फुयाल, पार्वती पौडेल र रुपक पौडेलको बेजोड अभिनय देख्न सकिन्छ ।

गीतको लिंक

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ