arrow

कडा सुरक्षाकाबीच सलमानलाई उडाउने भन्दै राखीलाई धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
salman-khan.jpg

काठमाडौं । अभिनेत्री राखी सावन्तलाई सलमान खानको मामिलामा टाढै बस्न सुझाव आएको छ । राखीलाई लरेन्स बिश्नोई गिरोहबाट सलमानको पक्षमा नउत्रिन भन्दै नमाने ज्यान मार्ने धम्की पनि आएको छ । 

गिरोहले सलमानलाई मुम्बईमा नै मार्ने धम्की दिएको राखिले खुलाएकी छन् ।  हालै गिरोहबाट राखीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।यससँगै अभिनेत्रीले धम्कीमा आफूलाई सलमानबाट टाढै रहन भनिएको र मुम्बईमा नै सुरक्षाका साथ सलमानलाई मार्ने बताएकी छिन् ।

लरेन्सबाट राखीलाई प्राप्त भएको मेलमा लेखिएको छ, ‘राखी, तिमीसँग हाम्रो कुनै झगडा छैन, सलमान खानको मामिलामा नपर । नत्र तिमीले धेरै समस्याको सामना गर्नेछौ र तिम्रो भाइ सलमानलाई मुम्बईमा नै मार्नेछौँ । जति सुरक्षा बढाए पनि अबरले सेक्युरिटी दिएर मार्नेछ । यो अन्तिम चेतावनी हो राखी, नत्र तिमी पनि तयार बस।'

राखीले लरेन्सलाई सलमान खानलाई छोड्न भनेकी थिइन् त्यसको उत्तरमा गिरोहले सिद्धु मुसेवालाको जस्तो सलमानलाई नहोस् भनेर पठाएको छ । मुसेवालालाई लरेन्स बिश्नोई गिरोहले हत्या गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ