arrow

नगरपालिकाको भवन तोडफोड, पाँच प्रहरी घाइते [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
mirchaiya-nagarrpalika-birodh.jpg

सिराहा । सिराहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । 

बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन् ।

संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो । सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढ्ने गाडीमासमेत तोडफोड गरेका छन् । 

उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए । तर मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । 

आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ तितरबितर पार्न १० सेल अश्रुग्याँस र ७ राउन्ड  हवाई फायरिङ गरेका छन् । 

प्रहरी र आन्दोलनकारीबीच  भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ । उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था समान्य छ ।’ 

मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।
 

siraha-nagarpalika-todfod (1).jpg
siraha-nagarpalika-todfod (2).jpg
siraha-nagarpalika-todfod (3).jpg
siraha-nagarpalika-todfod (4).jpg
siraha-nagarpalika-todfod (5).jpg
siraha-nagarpalika-todfod (6).jpg
siraha-nagarpalika-todfod (7).jpg
siraha-nagarpalika-todfod (8).jpg
siraha-nagarpalika-todfod (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ