arrow

मिटरब्याज पीडितलाई न्याय दिने कदम चालिएको भन्दै आन्दोलन फिर्ता लिन सरकारको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
metre-byaji-2080-01-06.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया शुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् । 

“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उनले भनिन्, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।” 

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् । 

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न सरकारले कानून निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ