arrow

स्वर्णिमको बुबा चढ्ने गाडी तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
sarnim-baa-car.JPG
तस्बिर : उज्जवल पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने कार तोडफोड भएको छ । 

तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटल अगाडि राखिएको गाडी तोडफोड अवस्थामा भेटिएको हो । 

होटल अगाडि पार्किङ गरी राखेको बा ११ च ४२५० नम्बरको सवारी तोडफोड भएको छ । 

स्वर्णिमका बुबा सन्तोष होटलमा बसेका थिए ।  प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा स्वर्णिम तनहुँ १ बाट रास्वपाका उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ