arrow

नबिल बैङ्क र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
nabil-pou-mou.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संसाधनका वृद्धि विकासका लागि समझदारी भएको छ। एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन्। यस समझदारी अन्तर्गत बैङ्कले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैङ्किङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानव संसाधनका वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैङ्कका सिइओ ढुङ्गानाले बताए। 'पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैङ्कका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदारमा स्तरीय आधुनिक बैङ्किङ सेवा पाउने भएकोले समझदारी दुवैको हितमा रहेको छ' ढुङ्गानाले जानकारी दिए।

समझदारी हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइराला, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैङ्कका नायब कार्यकारी प्रमुख भूपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कवीन्द्रप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ