arrow

रहेनन् ‘भिक्टोरिया क्रस’ विजेता लिम्बू

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
rambahadur-limbu-vicotria-cross-winner.jpg

झापा । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बूको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझावमा उनलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार शुरु गरिएको थियो’, छोरा मोहन बेघा लिम्बूले भने । 

उनका अनुसार ६ महिनादेखि बिरामी परेको भिसी क्याप्टेन लिम्बु पछिल्लो एक महिनादेखि भने निकै बिरामी भएपछि अस्पतालमा राखेर उपचार गराइँदै आइएको थियो ।

दमक–८ का स्थायी बासिन्दा लिम्बूको मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए । लिम्बूको अन्त्येष्टि दमकमा गरिने परिवारजनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ