arrow

ताकमकोतमा हनुमानको मूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
LORD_HANUMAN.jpg

म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ ।

धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए ।

“ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो”, उनले भने, “काठमाडौँबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।”

मूर्ति स्थापनाका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि रु २९ लाख २७ हजार पाँच सय खर्च भएको र दाताबाट रु २४ लाख ४० हजार सहयोग जुटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ