arrow

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
chandragiri-hills-company-cable-car.jpg

काठमाडौँ। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ। शुक्रवार अपराह्न ३ बजेदेखि अकस्मात् आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रुहरूमा पर्न गएको असुविधा प्रति चन्द्रागिरि हिल्सद्वारा क्षमा मागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ