arrow

बुद्धको उपदेशलाई पछ्याएर भारत अगाडि बढिरहेको मोदीको जिकीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
narendra-modi-buddhist-summit-2023.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विगत नौ वर्षमा बुद्धका शिक्षाहरू पछ्याएर ठूलो प्रगति गरेको बताएका छन् । नयाँ दिल्लीमा ग्लोबल बुद्धिस्ट समिट २०२३ मा बोल्दै मोदीले भने, ‘भारतले सिद्धान्त, अभ्यास र यथार्थको मार्ग सहित बुद्धका शिक्षाहरू अनुशरण गरेको छ। यी तीनै अंकमा भारत द्रूत गतिमा अगाडि बढेको छ ।’

भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको बेला भारतले ‘अमृत महोत्सव’ मनाइरहेको बेला विश्व बौद्ध शिखर सम्मेलन भएको हो ।

‘अमृत कालमा भारत विकसित देश बन्ने दिशामा अगाडि बढिरहेको छ। भारतले भारत मात्र होइन, सम्पूर्ण विश्वको कल्याणको लागि संकल्प गरेको छ’, मोदीले भने।

‘विजय, पराजय, लडाइँ, युद्धको अनुभूतिलाई त्याग्यौँ भने मात्र हामी सुखलाई अँगाल्न सक्छौं। भगवान बुद्धले यिनीहरूलाई जित्ने मार्ग सिकाउनुभएको छ। शत्रुता शत्रुताले हराउन सक्दैन, तर प्रेमले। वास्तविक सुख शान्तिमा हुन्छ, शान्तिसँग मिलेर बस्नुमा’, उनले भने।

‘संसारलाई सुखी बनाउन चाहन्छौं भने आत्म, संसार र संकीर्ण सोच त्यागेर बुद्धको यो समावेशी मन्त्र मात्रै हो,’ उनले भने । 

मोदीले आफ्नो सम्बोधनमा रुस–युक्रेन युद्धको पनि उल्लेख गरेका छन् । ‘बुद्धको मार्ग भविष्यको मार्ग हो, दिगोपनको मार्ग हो । यदि विश्वले बुद्धको उपदेशलाई पालना गरेको भए जलवायु परिवर्तन जस्तो संकट पनि हाम्रो अगाडि आउने थिएन । यो संकट यसकारण आएको हो कि पछिल्लो शताब्दीमा केही देशहरूले अरूको बारेमा भावी पुस्ताको बारेमा सोचेनन्’, उनले भने।

मोदीले विश्वका विभिन्न देशमा शान्ति अभियान होस् वा टर्कीमा भूकम्पजस्तो विपदे होस् हरेक संकटको घडीमा मानवताको साथमा ‘मम भवः’ लिएर आफ्नो पूर्ण क्षमता लगाएर भारत उभिएको पनि मोदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ