arrow

महासङ्घमा स्थायी र सदस्यता समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
fncci-building-teku.gif
तस्बिर : फाइल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ। महासङ्घको विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ। महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको छ। स्थायी समितिका सदस्यहरूमा महासङ्घका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासङ्घमा निर्वाचित अध्यक्षहरू रहेका छन्।

त्यसै गरी सदस्यता समितिका सदस्यहरूमा महासङ्घका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ