arrow

उच्च गुणस्तरीय विकासको प्रयासमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
chinese-parliment-china-npc.jpg

चीन ।  चीनका प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरीय विकासका लागि जोड दिएका छन् ।

राज्य परिषद्को अध्ययन सत्रको अध्यक्षता गर्दै उनले कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका निर्णय र योजनाहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र उच्च गुणस्तरको विकासमा निरन्तर प्रगति गर्न उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने क्षमतामा सुधार ल्याउने प्रयास गरिनुपर्ने बताएका छन् ।

उक्त बैठकमा लीले नयाँ विकास दर्शनलाई पूर्णरूपले इमान्दारीपूर्वक सबै मोर्चामा लागू गर्ने र उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान दिनु सी चिनफिङको आर्थिक विचारको महत्त्वपूर्ण भाग भएको बताए।

उनले उच्च गुणस्तरको विकास चीनको आधुनिकीकरणको आन्तरिक आवश्यकता लगायतका विषयमा विशेष जोड दिए । नयाँ विकास दर्शनलाई आर्थिक र सामाजिक विकासका सबै चरणहरूमा लागू गर्न पहल गर्नुपर्ने पनि उनको धारणा छ।

गुणस्तरलाई प्राथमिकतामा राखेर कार्यकुशलतालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले सुधार र खुलापनलाई दृढताका साथ विकासको ढाँचामा रुपान्तरण गर्ने र जनताको जीवनस्तरलाई विभिन्न प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ