arrow

नबिलले बैङ्कले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
nabil-life-time-free-credit-card.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ।  बैङ्कले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो।

यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैङ्कले जनाएको छ। यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैङ्ककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्। ’हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले भनिन्।

नबिल बैङ्कका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैङ्कको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागि मात्र लागु हुने बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ