- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अपराधीकरण बढेको भन्दै काठमाडौंका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको भन्दै शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताए ।
उनले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको सात दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गरे ।