arrow

रास्वपा सांसद श्रेष्ठले दिए पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
biraj-bhakta-shrestha-kathmandu-8-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए विद्रोह गर्ने चेतावनी दिएका हुन् । 

काठमाडौं–८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना भ्रातृ संगठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन दलहरुलाई सुझाव दिए । कानुनविपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधिबारे आफूहरुको ध्यानाकर्षण भएको बताउँदै उनले विद्यालयमा हुने झण्डाहरूसहित राजनीतिक कार्यक्रम रोक्न खोज्दा अभद्र व्यवहार गरेको जानकारी गराए । 

विद्यार्थीहरुको भविश्यमा खेलबाड गर्न नपाइने भन्दै उनले माध्यमिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए विद्रोह गर्ने राजनीतिक दललाई चेतावनी दिए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ