arrow

संसद्को चालु अधिवेशन अन्त्य, फरार अभियुक्त कोइरीको निर्णय आगामी अधिवेशनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन गए राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । 

कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् । बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधि सभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए । 

प्रतिनिधि सभाको शुक्रबार बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो ।

ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उनको बारेमा संसद्को आगामी अधिवेशनबाट कानून बमोजिम हुने जानकारी गराएका थिए । 

यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको थियो ।    



नयाँ