arrow

६ सय बालबालिकाका पिता बनेपछि अदालतले लगायो प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
jonath.JPG

काठमाडौं ।  नेदरल्याण्ड्सको एक अदालतले ४१ वर्षीय पुरुषलाई शुक्रकीट दान गर्न प्रतिबन्ध लगाएको छ । शुक्रकीट दान गरेर ती पुरुष ५ सयदेखि ६ सय बालबालिकाको पिता बनेको आरोप छ । 

डच न्यायाधीशहरूले जोनाथन मेइजर भनेर चिनिने व्यक्तिलाई एक लाख युरो भन्दा बढी जरिवानाको चेतावनी पनि दिएका छन्। अदालतले यदि जोनाथनले पुनः शुक्रकीट दान गरे वा प्रयास गरेमा उनलाई जरिवाना गरिने बताएका छन् ।

शुक्राणु दान मार्फत एक सयभन्दा बढी बच्चाहरूलाई जन्म दिएपछि जोनाथनलाई २०१७ मा नेदरल्यान्ड्सको प्रजनन क्लिनिकहरूमा शुक्राणु दान गर्न प्रतिबन्ध लगाइएको थियो ।  प्रतिबन्धको बाबजुद जोनाथन रोकिएनन् र विदेशमा अनलाइन स्पर्म दान गर्न जारी राखेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार अदालतले जोनाथनलाई आफ्नो सबै शुक्रकीटको स्टक नष्ट गर्न विदेशी क्लिनिकहरूलाई पत्र लेख्न आदेश दिएको छ। तर, आफ्नो शुक्रकीटबाट बच्चा जन्माइसकेका अभिभावकलाई भने छुट दिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ