arrow

वीर अस्पतालको भवनको पर्खाल भत्किँदा चार जना घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
bir-hospital-wall-collapse.jpg

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किएको छ । उक्त पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा बिरामीका कुरुवाहरु हुन् । 

जसमा तीन महिला र एक पुरुष हुन् । उनीहरु सबैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ