arrow

महावीर र सरकारबीच सहमति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
mahabir-pun-purna-bahadur-khadka.jpg

काठमाडौं । सरकारले धर्नामा बसेका वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सहमति गरेको छ । आइतबार दिउँसो सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच भएको छलफलमा सहमति भएको हो ।

आज वार्ता टोली बनाएर भोलिसम्म आफ्ना माग पूरा गर्ने समझदारी भएको पुनले जानकारी दिएका छन् । उनले छलफलपछि आज साँझ ५ बजेभित्र एउटा छलफलका लागि टोली गठन गर्ने र वार्तामा बस्ने सहमति भएको बताएका छन् । 

उनले छलफल सकारात्मक भएको बताउँदै सामाजिक सञ्जालबाटसमेत सबैका लागि सूचना जारी गरेका छन् । 

उनले लेखेका छन्, ‘आज दिउँसो २ बजे प्रधानमन्त्रीज्यूको निर्देशनमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काज्यू र मुख्य सचिव ज्यूसँग हाम्रो मागको बारेमा छलफल गर्नको लागि वार्ता टोली ५ बजेसम्म गठन गर्ने र वार्ता शुरु गर्ने भन्ने निर्णय भयो ।’

शुक्रबार माइतीघर मण्डलामा धर्ना बसेका महावीरसहितको टोली शुक्रबार राति माइतीघरमै सडकमा सुतेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ