arrow

वीरकी नर्स चिकित्सकको घरमा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
NAMS-bir-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौंँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एक जना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

उनले कोशी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । 

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ