arrow

खुल्यो पहिरोले थुनिएको अरुण नदी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
arun-river

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि थुनिएको अरुण नदी खुलेको छ । 

मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको थियो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो ।

तर करिब आठ घण्टापछि आफ्नै धारमा फर्किएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

आयोजनाको अस्थायी बाँधमा पानी भरिएको थियो । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको थियो । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको थियो । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिएको थियो ।

सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको भएको पनि आठ घण्टापछि पुरानै धारमा फर्किएको हो । 

पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ