arrow

सरकारी वार्ता टोलीप्रति महावीर सशंकित, दूरदृष्टि भएका व्यक्तिहरु हुनुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
mahabirko andolan (12).jpg
तस्बिर – फाइल ।

काठमाडौं । धर्नामा बसेका वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारी वार्ता टोलीप्रति शंका व्यक्त गरेका छन् । सरकारी वार्ता टोलीसँगको पहिलो चरणको वार्ता सकिएसँगै महावीरले यही शैलीमा निष्कर्षमा पुग्न सकिनेमा शंका गरेका हुन् । 

हिजो साँझ ५ः३० देखि राति ९ बजेसम्म सिंहदरबारमा वार्ता भएको थियो । तर वार्ता भने सफल भएन । आज दिउँसो ३ः३० बजे वार्ता बस्ने निर्णय गरेर हिजोको बैठक स्थगित भएको थियो । पुनले सबै कुरा नमिलेको भन्दै आन्दोलन जारी रहने बताएका छन् । 

पुनले वार्तामा दूरदृष्टि भएका व्यक्तिहरु हुनुपर्ने भन्दै सरकारी वार्ता टोलीप्रति प्रश्न खडा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा अहिले लेख्दै उनले ‘नियम कानून केलाएर कुरा गर्ने वार्ताकारहरुसँग मात्र कुरा गर्दा वार्ता सफल हुँदै हुँदैन । किनभने उनीहरुले आफ्नो अधिकार भन्दा बाहिरको काम गर्न सक्दैनन् । कुरा बुझ्नु भयो ?’

हिजो दिउँसो सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच भएको छलफलपछि वार्ताका लागि सहमति भएको थियो । 

गत शुक्रबार माइतीघर मण्डलामा धर्ना बसेका महावीरसहितको टोली शुक्रबार राति माइतीघरमै सडकमा सुतेको थियो ।

महावीरले आफूहरुको आन्दोलन अझै जारी रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ