arrow

सशस्त्रमा सादा पोशाकमा परिचालन नगर्ने नीति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
apf-press-meet.jpg

काठमाडौं । सशस्त्र प्रहरी कर्मचारीहरुको समग्र वृत्ति विकासलाई ध्यानमा राखी कुल १६ हजार ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा, विशेष बढुवा, पदस्थापना, सरुवा, सरुवा समायोजन तथा नयाँ नियुक्ति गरिएको जनाएको छ । 

सशस्त्रले पत्रकार सम्मेलन गरी सोमबार सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनैतिक नियोग तथा विभिन्न नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश जारी गरिएको जनाएको छ ।

त्यस्तै खेलकुदको माध्यमबाट राष्ट्रको मान प्रतिष्ठा र गौरब बढाउन विशेष योगदान पुर्याएका १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई एक तह विशेष बढुवा गरिएको उल्लेख छ । 

पुरस्कार तथा सम्मान कार्यविधि बनाई कार्यान्वयन गरिएको छ । सुरक्षा बेस बदली निर्देशिका परिमार्जन गरिएको छ र हरेक ६–६ महिनामा बेस बदली गर्ने
गरिएको छ । फौजी संरचना अनुसारको चेन अफ कमाण्ड बढी मजबुत बनाउन ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरुमा सप्रनाउ (डीएसपी) खटाइसकिएको छ ।

विदेश तालिम नीति तर्जुमा गरी नियमसंगत रुपमा क्राईटेरिया भित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था मिलाइएको छ ।

संगठनमा १२ वर्ष र २५ वर्ष सेवा अवधि पुगेका सप्रकहरुलाई राष्ट्रसेवा पदक उपलब्ध गराउन पहल गरिएको छ ।

भौतिक पूर्वाधारहरुको निर्माण कार्य निर्माण कार्यविधि अनुसार गरिएको छ । सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति अख्तियार गरिएकोसमेत सशस्त्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ