arrow

कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
exide-express-heavy-duty-battery-sipradi.jpg

काठमाडौँ। पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरूको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरूमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री विक्री वितरण गरिरहेको छ। बिक्री सुरु भएको छोटो समयमा नै गाडी व्यवसायीहरूबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आएको कम्पनीले जनाएको छ।

उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ सहन सक्ने भरपुर क्षमता छ। 

कम्पनीको अनुसार “विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ। म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ। त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदैछ।”

विशेष खालको पोलीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने–चर्कने जस्ता समस्याहरू आउँदैन। 

फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने हुन्। एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभरि रहेका डिलरहरू मार्फत खरिद गर्न सकिनेछ। साथै, ग्राहकहरूले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ