- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अफगान । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) का लागि १५ लाख युरो बराबरको नयाँ आर्थिक सहायता प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।
ओसिएचएले मङ्गलबार ट्वीटरमा अफगानिस्तानका जनताका लागि आयरल्याण्डले हालै गरेको महत्वपूर्ण योगदानको कदर गर्दै थप मानवीय सहायता आपूर्तिले आम अफगानीको जीवनमा लाभकारी प्रभाव पार्ने बताएको छ ।
सन् २०२१ को अगष्टमा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमाएपछि पूरै अफगानिस्तानमा गरिबी र भोकमरीमा उल्लेखनीय वृद्धि भएको छ ।
सन् २०२३ मा करिब दुई करोड ८३ लाख अफगानी अर्थात् देशको जनसङ्ख्याको करिब दुई तिहाइलाई तत्काल मानवीय र सुरक्षात्मक सहायताको आवश्यकता पर्ने ओसीएचएलाई उद्धृत गरी खामा प्रेसले जनाएको छ ।
यस वर्षको सुरुमा विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा खराब मानवीय विपत्ति अफगानिस्तानमा भएको थियो । मात्रा र तीव्रता दुवैको सन्दर्भमा, यसले एक कठोर गिरावटलाई सङ्केत गर्दछ ।
मानवीय संस्थाहरूले अन्तर्राष्ट्रिय जगतलाई अफगानी जनताको साथमा ऐक्यबद्धता कायम राख्न र यस कठिन घडीमा उनीहरूलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।
तालिवान सरकारले विशेषगरी महिला र बालिकामाथि लगाएको प्रतिबन्धका बावजुद सन् २०२३ मा अफगानिस्तानका जनतालाई आफ्नो जीवनरक्षक सहयोग प्रदान गर्न सहायता संस्था र मानवीय संस्थाहरू प्रतिबद्ध छन् ।