arrow

टोपबहादुरका छोरा काठमाडौंमा, अदालतमा पेश गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
topbahadur-rayamajhi-son-sandiip.jpg

काठमाडौं । हिजो साँझ बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ । 

उनलाई आज बिहान काठमाडौं ल्याइएको हो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 
 
साथै टोपबहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई पनि काठमाडौं ल्याइदैछ । 

काठमाडौं जिल्ला अदालतले टोपबहादुर र उनका छोरालाई हिजो पक्राउ पुर्जी जारी गरेको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ