- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रबारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नृत्यनाटिका ‘जून’ मञ्चन भइरहेको छ। नम्रता केसीको परिकल्पना र निर्देशन नाटकमा संयोग गुरागाईंको लेखन रहेको छ।
नृत्य नाटकमा नाचगानको पृष्ठभूमिमा टेकेर नारी चेत, विद्रोही र साहसी भावको प्रदर्शन गर्न खोजिएको छ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चित नाटक कथक नृत्यमा आधारित छ । यसमा कलाकारले एउटी परीको संघर्षरत दन्त्य कथा प्रस्तुत गर्न खोजेका छन् ।
स्थेस्टिक डान्स स्टुडियोको प्रस्तुति रहेको नाटकमा सलिन मगर र शाश्वत श्रेष्ठको संगीत छ। यस नाटकमा मेलिशा घिमिरे, कुन्ती सिमली, निकोल श्रेया तामाङ,रिजवान थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनामी बोहरा, प्रियंका चम्लागाईं, दिलासा गुरुङ, स्रमिस्टा दास, सुजाता दास र दृष्टि दाहालको नृत्य अभिनय रहेको छ।
नाटक बैशाख २४ गतेसम्म मञ्चन हुनेछ ।