arrow

नक्कली भुटानी शरणार्थी प्रकरणले अतालिँदै केपी, प्रचण्डसँग दोस्रो भेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
prachanda-kp-oli-singhadarwar-2080-01-21.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अताल्लिएका छन् । उनले दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । 

तीन दिनको अन्तरमा दोस्रो पटक प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । यता पक्राउ पुर्जी जारी भएका रायमाझी फरार रहेका छन् । उनले प्रहरीलाई आफूलाई गिरफ्तार गर्न नपर्ने आफै अदालतमा उपस्थित हुने जनाएर फरार भएका थिए । 

त्यसैगरी प्रहरीको उच्च स्रोतका अनुसार केपी ओलीका आफन्तले पनि नक्कली शरणार्थी गिरोहबाट रकम बुझ्दै आएका छन् । 

अहिले आएर ओलीले प्रचण्डलाई दबाब दिन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ