arrow

आजबाट बर्खे अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । आजबाट प्रतिनिधि सभा र राष्ट्रियसभाको बर्खे अधिवेशन शुरु हुँदैछ । अधिवेशन आज अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा शुरु हुनेछ ।

बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ । 

त्यसै गरी आजको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने तालिका छ । 

त्यसै गरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका छ । 

बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 



नयाँ