arrow

प्रतिनिधि सभाअघि कार्यव्यवस्था समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
karyabyabastha-samiti-2080.jpg

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक बसेको छ । अपरान्ह ४ बजेबाट प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो । 

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन सम्बन्धमा छलफल हुने एजेण्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ।व। २०८०–०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरु बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरुको उपस्थिति वेवसाइट मार्फत् सार्वजनिक गर्ने र ई–हाजिरी सम्बन्धमा छलफल गर्ने एजेडा छन् । 



नयाँ