arrow

प्रचण्डसँग जेठदेखि संसदमा प्रत्यक्ष प्रश्नोत्तर, तीन दिनभित्र समितिमा रहने सांसदको नाम दिन निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
karyabyabastha-samiti-2080.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि शुरु हुने जानकारी गराएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि शुरु हुने जानकारी गराएका हुन् । 

सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानून मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए । 
 
सो क्रममा घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् । घिमिरेले प्रमुख राजनीतिक दलका सचेतक र शीर्ष नेताहरूलाई तीन दिनभित्र समितिहरुमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिएका हुन् ।

संघीय संसद्‍का दुई समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरू पूर्ण नहुँदा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति लगायतका काममा असर पर्ने भएकाले तत्काल समिति गठन गर्न सभामुखले नाम दिन भनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ