arrow

अर्थमन्त्री नभएर १५ मिनेटका लागि रोकिएको प्रि–बजेटको छलफल नियमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार

काठमाडौं । प्रतिनिधि सभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथिको छलफल शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेसँगै आजदेखि त्यसमा केन्द्रीत रहेर छलफल शुरु भएको हो । 

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म आजदेखि तीन दिन घनिभूत रुपमा प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते बुधबार यो तीन दिनमा उठेका प्रश्नको अर्थमन्त्री डा।प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसपछि मात्रै सरकारको नीति तथा कार्यक्रम आउने छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुन्छ ।

तर दिउँसो २ बजे भने १५ मिनेटका लागि बैठक रोकिन पुग्यो । एमाले सांसद रघुजी पन्तले अर्थमन्त्री नै बैठकमा नभएपछि बैठक अगाडि बढ्न नसक्ने जनाएपछि बैठक १५ मिनेटका लागि रोकिएको थियो । 

त्यसपछि दोस्रो सत्र नियमित भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ