arrow

खेलकुद पत्रकार मञ्चलाई एआईपीएस एसिया अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
aips-asia-nsjf.jpg

सोल ।  नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले ‘एआईपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । 
एसियाली खेलकुद पत्रकार महासंघ एआईपीएस एसियाले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआईपीएस एसियाको २४ औं कंग्रेसका दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो। 

एआईपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे । 

अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रीय सदस्य निशान राई र एआईपीएस एसियाका कोषाध्यक्षसमेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति रहेको थियो।

ब्यवसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा पुर्याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआईपीएस एसियाले जनाएको छ।

‘हाम्रो एआईपीएस एसियाका सदस्य राष्ट्रमध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो । हामीलाई प्राप्त जानकारीअनुसार खेलकुद पत्रकारिता र खेलकुद पत्रकारहरुको वृत्ति विकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ । म बधाई दिन चाहन्छु’, अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने । 

एनएसजेएफ नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन हो । एनएसजेएफले हरेक वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको साथै खेलकुद पत्रकारहरुको वृत्तिविकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनलेसमेत ‘एआईपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । 

एआईपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको छ । 

फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोन जुङलाई बेस्ट एआईपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ।

त्यस्तै कंग्रेस दौरान एआईपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिव अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ