arrow

सदनमा नक्कली भुटानी शरणार्थी प्रकरण

दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् : गगन थापा

फिल्म चल्छ हाउस फुल हुन्छ, नभए हल खाली हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
gagan-thapa-budget-parliament.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दोषी भए नेता वा नाता कोही पनि छुट्न नहुने बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

शरणार्थी प्रकरणमा कारबाहीको दायरामा आउनु पर्ने बताउँदै महामन्त्री थापाले भने,'  मेरो आग्रह छ अनुसन्धान फ्री र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर  दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।' 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रो सँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्ने बताएका छन् । उनले भने,' यो प्रकरणमा सरकारले दह्रो सँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ । फिल्म चल्छ हाउस फुल हुन्छ । नभए हल खाली हुन्छ ।नागरिकलाई फेयर लाग्नुपर्छ ।' 

उनले अनुसन्धान प्रभावित हुनु नहुने बताए । उनले भने,'  यो सरकारले यसलाई कसरी डिल गर्छ यसले निर्धारण गर्छ। यसमा हामी सबैको एकै आवाज छ संलग्न ज सुकै होस कारबाहीको दायरामा आउनु पर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् तर  कुनै भेटघाटले प्रभावित नहोस् ।'

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । आजै नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । अर्का आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ