arrow

नेक्सन इभी म्याक्स अब नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
tata-nexon-max.jpg

काठमाडौँ। यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ। कम्पनीको सर्वोत्कृष्ट ढङ्गले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित रु .४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध छ।

उत्कृष्ट एवं  दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइ पुर्‍याउने अपेक्षा गरिएको छ। उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिन वटा आकर्षक रङ्गहरूमा उपलब्ध छ। त्यसै गरी, स्ट्यान्डर्ड रङ्गको रूपमा डुएल टन बडी पनि उपलब्ध छ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरू भन्दा ३३ प्रतिशतले बढी छ। यस कारणले यो गाडीले  विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ। यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बित्तिकै २५० एनएम बराबरको टर्क पैदा गर्छ। यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ। जसले ६.५ घण्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ। नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ।

“नेपाली ग्राहकहरूले अत्यधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभी हरूको साथ टाटाले विगत केही समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा नेक्सन इभी म्याक्सको बजारमा विक्री वितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छौँ, “टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र भन्छन्। “अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ। साथै, रेन्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ।

त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छौँ“, वहाँ थप्नुहुन्छ। चन्द्रका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरूको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्‍याउने छ।

त्यस्तै, सिप्रदी ग्रुप अफ कम्पनी जका अध्यक्ष सिद्धार्थ शमशेर जब राणा नेक्सन इभी म्याक्स नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता एवं इच्छालाई परिपूर्ति गर्ने एक नवीन सौगात भएको बत्ताउँछन्।  वहाँ यो गाडी सिप्रदी र टाटा मोटर्स बीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा साबित हुनेमा विश्वस्त छन्। राणाका अनुसार सिप्रदी भविष्यका दिनहरूमा टाटा मोटर्स का उच्चस्तरका उत्पादनहरू नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिबद्ध छ।

अनुभव गर्नुहोस् सर्वोत्कृष्टताको
नेक्सन इभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्यजस्ता छ। सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता  सुविधाहरू भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ। नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तिन वटा मोडहरूमा उपलब्ध छ।

यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई  सहज तरिकाले मिलाउन सहयोग गर्दछ। ड्राइभिङ अवस्था अनुरूप रिगेनको चार विभिन्न लेबलहरू मध्ये एक प्रयोग गर्न सकिन्छ। लेभल ० मा शून्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ।

नेक्सन इभी म्याक्समा एक अर्को अभूतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ। यसले सडकका अन्य चालकहरूलाई सचेत गराउन मद्दत गर्दछ। यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चार वटा डिस्क ब्रेक लगायतका गुणहरू छन्। ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपी६७ द्वारा प्रमाणित पनि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ