arrow

टोपबहादुरले संसद सचिवालयलाई लेखे पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई पत्र लेखेका छन् । 

उनले पत्रमा आफू बिरामी भएको उल्लेख गरेका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको लिखित पत्र प्राप्त भएको जानकारी दिए । 

उनले आफू बिरामी भएको जनाए पनि के भएको र कहाँ उपचार गराइरहेको भनी उल्लेख गरेका छैनन् । 

गत साताको बुधबार नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई पक्राउ पुर्जी जारी भएपछि सोही दिनदेखि उनी फरार छन् । उनी प्रहरीलाई झुक्याउन सफल भएका थिए । 
 



नयाँ