arrow

वीर अस्पतालकी रिनाविरुद्ध आर्थिक अनियमितताको उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
bir-hospital-rina-sitikhu.jpg

काठमाडौं । वीर अस्पतालको लेखा शाखाकी कम्प्युटर सहायक रिना सिटिखू विरुद्ध उजुरी परेको छ । अस्पताल लेखा शाखाको रकम विभिन्न किसिमले हिनामिना र अनियमितता गरेकाले आवश्यक छानबिन गरी हदैसम्मको कारबाही गर्न भन्दै वीर अस्पताल कर्मचारी परिवारले उजुरी दिएको हो । 

रिनाविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा नियन्त्रक कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो । 

निवेदनमा भनिएको छ, ‘रिना सिटिखूले लेखा शाखाको रकम विभिन्न किसिमको हिनामिना र अनियमितता गर्ने गरेको, निर्देशक र उपसचिवले कर्मचारीको तलब समयमै पठाउन भने पनि नपठाउने, कर्मचारीको संचय कोष र नागरिक लगानी कोषको रकम ६–६ महिनासम्म नपठाउने, सो रकम निज रिना सिटिखूले बाहिर मिटर ब्याजमा लगाउने गरे, कर्मचारीले तलबी खाता खोल्दा जबरजस्ती आफूलाई कमिशन दिने बैंकमा खाता खोल्न लगाउने गरेको’ आरोप लगाइएको छ । 

उनीहरुले यो उजुरी पत्रलाई अस्पतालका निर्देशक, कर्मचारी प्रशासन शाखा, लेखा शाखा र कर्मचारी युनियनलाई पनि बोधार्थ लेखेका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ