arrow

न्याम्समा पदाधिकारी भित्रैबाट गर्न प्रधानमन्त्रीसँग युनियनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
NAMS-bir-hospital.jpg

काठमाडौं । वीर अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा  पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । न्याम्स कर्मचारी युनियन वीर अस्पतालले गत फागुन ३० गतेदेखि रिक्त न्याम्स पदाधिकारी तत्काल नियुक्त गर्न प्रधानमन्त्री एव प्रतिष्ठानका कुलपति र सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष माग गरेको हो । 

पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानमा शैक्षिक, आर्थिक र प्रशासनिक काम ठप्प रहेको छ । युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नु पर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवातर्फबाट कम्तीमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरेको छ । 

युनियनका सचिव दीपक मुडभरीले पदाधिकारी तत्काल नियुक्ति गर्न र पदाधिकारी नियुक्ति गर्दा वीर अस्पताल भित्रैबाट वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नु पर्ने माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ