arrow

साढे छ करोड मूल्य बराबरको अवैध जुत्ता बोकेका तीन वटा ट्रक सशस्त्रको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
trucks-illegal-goods-apf-.jpg

हेटौंडा । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अवैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले झन्डै साढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरीको  १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो। हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गबाट चेकजाँचको क्रममा अवैध रुपमा जुत्ता भित्राउँदै गरेका तीनवटा ट्रकहरु सशष्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् । 

शनिबार विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशष्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन् । 

जसको मुल्य ४ लाख ८८ हजार १७३.६३ अमेरिकी डलर अर्थात् ६ करोड ४२ लाख २९ हजार ४।५० रुपैयाँ रहेको अनुमान गरिएको छ ।

नियन्त्रणमा लिएको तीनवटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ