arrow

राप्तीसोनारीमा सिक्टा सिचाइँ आयोजनाका ठेकेदारले राजश्व बुझाएनन्, लाखौँ रकम बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
rapti-sonari-gaupalika-राप्ती सोनारी गाउँपालिका.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिचाइँ आयोजनाका ठेकेदार कम्पनीले बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्र भित्रको ढुंगा गिट्टी उत्खनन वापतको राजश्व पालिकालाई नबुझाएको पाइएको छ ।

 राप्तीसोनारी गाउँपालिका ३ मा सिक्टा सिचाइँ आयोजनाद्धारा निर्माणाधीन तटबन्धका लागि आयोजनाले राप्तीनदीबाट ढुंगा गिट्टी उत्खनन गरिरहेको छ । आयोजनाको लगानीमा वडा नं ३ को सिनावास र गलरावासमा तटबन्धन निर्माणको काम भइरहेको छ । 

सिक्टा सिचाइँ आयोजनाले तटबन्धन निर्माणका लागि वली विल्डर्स र भाग्यलक्ष्मीलाई ठेक्का दिएको छ । तर ती ठेकेदार कम्पनीले पालिकालाई बुझाउनु पर्ने राजश्व बुझाएका छैनन् । 

पालिकाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले तटबन्धन निर्माणका लागि आवश्यक पर्ने ढुंगा गिट्टी उत्खनन गर्न दिइएको भए पनि ठेकेदार कम्पनीले अहिलेसम्म राजश्व नबुझाएको बताए ।

यी दुई ठेकेदार कम्पनीले लाखौं रुपैयाँ रकम राजश्व पालिकालाई बुझाउनु पर्नेछ । तर अहिलेसम्म वली विल्डर्सले वडा कार्यालयमा एक लाख रुपैयाँ मात्रै बुझाएको पाइएको छ । सिक्टा सिंचाइँ आयोजनाबाटै ठेक्का सकारेर काम गरिरहेपनि उनीहरुले पालिकालाई तिर्नुपर्ने रकम नर्तिदा पालिकाको राजश्व प्रभावित भएको छ । यसबारेमा विल्डर्सका भुपाल वलीलाई सम्पर्क गर्दा फोन उठेन ।

सिक्टा सिचाइँ आयोजनाका प्रमुख राजेश सिंहले आफुहरुले ठेक्का लगाउँदा नै ढुंगा गिट्टी उत्खनन परिमाणको हिसावले राजश्व रकम समेत तोकेर ठेक्का दिने गरिएको बताए । 

उनले यसमा आयोजनाको भूमिका नहुने उल्लेख गरे । ‘ठेक्का सम्झौतामै हामीले आवश्यक ढुंगा गिट्टीको लागत राजश्व छुट्याएका हुन्छौं उनले भने–‘ठेकेदारले कहाँबाट ढुंगा गिट्टी लिन्छ त्यो हाम्रोबशको कुरा होइन ।’ 

राप्तीसोनारी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष मिन कुमार थारुले अहिलेसम्म वली विल्र्डसले एक लाख रुपैयाँमात्रै राजश्य दाखिला गरेको बताए । ढुंगा गिट्टी उत्खननमा ठेकेदार कम्पनीको मनोमानी चल्दा राप्तीसोनारी गाउँपालिकाको राजश्व प्रभावित भएको छ ।

 प्रमुख प्रशासकीय अधिकृत देवकोटाले उक्त क्षेत्रमा ठेक्का सकार्ने ठेकेदार कम्पनीहरु कति छन् ? उनीहरुले के कतिमा ठेक्का सकारेका हुन् ? त्यसको विवरणसहित पालिकालाई पठाउन सिक्टा सिँचाइँ आयोजनासँग माग गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ